समाज

माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

जाजरकोटस्थित शिवालय गाउँपालिका–९, छेडा बजारदेखि थलह जोड्ने सडकखण्ड अन्तर्गत चेताह बगरमा सडक निर्माण गर्दै गर्दा माटोको ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ। उक्त वडाको नाहाडाका ४६ वर्षीय बिरमा बुढाको मृत्यु भएको हो।

जाली भर्दै गर्दा माथिबाट माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित: २६ माघ २०७७ ११:३४ सोमबार

मृत्यु