समाज

शान्ति मिशानमा खटिएको नेपाली सेनाद्वारा लेबनानमा कोभिड–१९ किट वितरण

शान्ति सेनामा लेबनानमा खपिटएको नेपाली सेनाको टोलीले आफ्नो कार्य क्षेत्रमा पर्ने बिभिन्न स्थानहरुमा कोरोना माहमारी रोकथामका लागि आवश्यक सरसामान (किट) वितरण गरेकोछ। गत विहिबार र शुक्रवार नेपाली बटालियनका लेफ्टिनेन्ट कर्णेल राजिब थापाले मेस भव जावेल, हौला, मजदे्ल स्लिम, साक्क्रा, व्लिदा, तालोसा, मार्कबा र माहिविव नगरका मेयरहरुलाई ती सामान हस्तान्तरण गरेका हुन। कुल ४ हजार अमेरिकी डलरका ती सामानहरुमा प्राथमिक उपचारका सरसामान, व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ), सानीटाइजर, ह्यान्ड वास, मास्क, थर्मोमिटर, खुटाले चलाउने सानीटाइजर लगायत रहेकाछन्।

हस्तान्तरण कार्यक्रममा ती नगरका मेयरहरुले नेपाली बटालियनको सहयोगको प्रशंसा गरेका थिए। द्धन्द्धग्रस्त क्षेत्रमा शान्ति कायम गर्नुका साथै सैनिक र जनसमुदायबीचको सम्वन्ध स्थापनका लागि यूनिफिलमा शान्तिसेनाले विभिन्न कार्यहरु गर्दे आएका छन्। सन् १९५८ देखि नेपाली सेनाले लेवनानमा शान्ति स्थापानार्थ खटिदै आएको छ। नेपाल सेनाको बर्द बहादुर बटालियन दक्षिण लेवननको सेक्टर इष्टमा खटिएको छ।

 

प्रकाशित: २६ माघ २०७७ ०७:१३ सोमबार

नेपाली सेना कोरोना भाइरस