समाज

काठ तस्करको आक्रमणमा वनका चार कर्मचारी घाईते

काठ तस्कर र वनको कर्मचारीहरु बिच मंगलबार राती पिपरा बजारमा झडप भएको छ ।झडपको क्रममा चार जना कर्मचारीहरु घाइते भएको  डिभिजन वन कार्यालय बाराले जनाएको छ । कर्मचारी माथि आक्रमण गरेको र उनीहरुको हतियारसमेत लुटन खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

वनका कर्मचारीहरु माथि पिपरा बजारमा आक्रमण गरि उनीहरुको हतियार खोसिएको खबर आए पछि प्रहरी परिचालन गरि कर्मचारीहरुको उद्धार गरिएको बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताएका छन्।

तस्करहरुहरुको आक्रमणमा परि वनका कर्मचारीहरु  नवलकिशोर प्रसाद, जयप्रकाश साह, नबिन चौधरी र मानबहादुर श्रेष्ठ घाइते भएकोमा उनले बताए ।

गम्भीर घाईते रहेका नबलकिशोर प्रसाद र मानबहादुर श्रेष्ठलाई वीरगन्ज स्थित गण्डक अस्पतालमा उपचार भैरहेको उनले बताए।

वनको कर्मचारी माथि आक्रमण गरेको आरोपमा बलिराम चौधरीलाई नियन्त्रणमा लिएको र तस्कर समुहले खोसेको हतियार समेत बरामत गरेर वनलाई जिम्मा लगाइएको मिश्रले दावी गरे।

डिभिजन बन कार्यालय बाराका प्रमुख मंजुर अहम्दले वन क्षेत्रमा रातीको सयममा काठ तस्करहरुले काठ लगी रहेको सूचनाको अधारमा उनीहरुलाई पक्राउ गर्न वनको कर्मचारी परिचालन गरिदा उनीहरु माथि आक्रमण गरिएको बताएका छन्।

जंगलबाट तस्कर समुहहरुलाई पन्छयाउँदै  जाँदा तस्करहरुले करैयामाई गाउँपालिका ७ पिपरा बजारमा गएर काठसहित लूक्न सफल भएका उनले बताए बताए।

बजारबाट तस्करहरुलाई पक्राउ गरेर ल्याउन खोज्दा कर्मचारीहरु माथि नै स्थानीयहरुको सहयोगमा आक्रमण गरि उनीहरुले बोकेको  हतियारसमेत खोस्न प्रयास गरिएको उनले बताए।

पिपरा स्थित रहेको गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले संचालन गरेको चिरान मिलमा तस्कर समुहहरुले काठ लुकाएको वन कर्मचारीहरुले आरोप लगाएका छन्।

प्रकाशित: २१ माघ २०७७ १३:१३ बुधबार