समाज

बुद्धको क्रिडास्थल तिलौराकोटको पबित्र माटो स्पेन पठाइयो

स्पेनमा रहेका पालिकासंग दौतरी कायम गर्न प्राचिन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थल तिलौराकोटको पबित्र माटो स्पेन पठाइएको छ। कपिलवस्तु नगरपालिकासहित बुद्धसंग सम्बन्धित रहेका पालिकाहरु र स्पेनमा रहेका पालिकासंग दौतरी सम्बन्ध कायम गर्न तिलौराकोटमो माटो स्पेन पठाइएको हो। स्पेनको काथेरेसमा गराउन लागेको बुद्ध मूर्तिसहितको लुम्बिनी गार्डेन परियोजनाका लागि माटो पठाइएको हो।  

स्पेनको काथेरेसमा निर्माण गरिएको बिशाल बुद्ध मूर्तिको साथमा राखी पूजा गर्नका लागि तिलौराकोटको माटो पठाइएको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले बताए। तिलौराकोटको माटो स्पेन पठाउनका लागि सोमबार दिउँसो मेयर किरण सिंहले तिलौराकोटको माटो ग्रहण गरेका थिए। तिलौराकोटको किनारमा रहेको राजकीय विहारका भिक्षुले माटो संकलन गरी मेयर सिंहलाई हस्तान्तरण गरेका थिए। प्राचिन कपिलवस्तुलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारमा अभिवृद्धि गर्ने उद्देश्यले स्पनेमा निर्माण हुन लागको बुद्धमूर्तिमा पूजापाठ गर्न तिलौराकोटको माटो पठाइएको बताए। नेपाल र बुद्धसंग सम्बन्धित पालिका एवम् क्षेत्रहरुको पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, वातावरण, खेलकुद लागायत क्षेत्रका विकासमा अन्तर्राष्ट्रिय आर्थिक प्राविधिक सहयोगका लागि माटो पठाइएको उनले बताए।  

‘विश्व शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको एव सर्वोच्च शिखर सगरमाथाको देश नेपाल भनी अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देशका साथ माटो पठाइएको हो’ मेयर सिंहले भने। संकलन गरिएको माटो लुम्बिनी गार्डेन फाउन्डेसनलाई हस्तान्तरण गरिएको सिंहले बताए। तिलौराकोट दरबार बुद्धले २९ वर्ष बिताएको स्थल हो।

प्रकाशित: १३ माघ २०७७ ०१:२६ मंगलबार

बुद्धको क्रिडास्थल तिलौराकोट पबित्र माटो