समाज

देशभर पश्चिमी वायुको प्रभाव

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसबाट बिहीबार देशको विभिन्न भूभागमा तापक्रममा हलुका कमी आउनुको साथै तराईका धेरै ठाउँमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार बिहीबार प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । 

यसैगरी सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भुभागमा आंशिक बदली रही देशका अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकोे छ ।

प्रकाशित: १ माघ २०७७ ०३:०६ बिहीबार