समाज

जातीय छुवाछुत मुद्धामा फरार दुई जना पक्राउ

जातीय छुवाछुत तथा भेदभाव मुद्दामा फरार रहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेख भगवतीमाई गाउँपालिका–४, जगनाथका ५४ वर्षीय चक्रबहादुर शाही र सोही ठाउँका ३१ वर्षीय केशवबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत दैलेखले उनीहरुलाई जातीय छुवाछुत तथा भेदभाव मुद्दामा आठ महिना कैद र जरिवाना सजाय तोकिएको थियो । त्यसपछि उनीहरु फरार रहेका थिए ।

प्रकाशित: २९ पुस २०७७ ११:०० बुधबार