समाज

लागुऔषधसहित एक पक्राउ

मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।      

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको छ। इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको वडा नं ७ स्थित मनहरि खोलाको बगरबाट उक्त परिमाणको गाँजासहित उहाँलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ।      

खोलाको बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखिएपछि शङ्का लागेर प्रहरीले झोला जाँच गर्दा गाँजा बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ। रासस      

 

 

प्रकाशित: २३ पुस २०७७ १४:१५ बिहीबार

पक्राउ