समाज

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।  

अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ। रासस

प्रकाशित: १९ पुस २०७७ ०६:४१ आइतबार

मनहरी गाउँपालिका