समाज

चौबीस घण्टामा ५३४ जनामा कोरोना

पछिल्लो २४ घण्टामा छ हजारमा पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १९६ महिला र २३८ पुरुष रहेका छन्।      

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ३७८ रहेको छ। गत २४ घण्टामा ४४७ जना निको भएका छन् भने कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ। हालसम्म नेपालमा दुई लाख ६० हजार ५९३ जना कोरोना सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८५६ पुगेको छ।      

 

 

प्रकाशित: १६ पुस २०७७ १३:४५ बिहीबार

कोरोना भाइरस