समाज

बुटवलको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु

बुटबलको कोरोना विशेष अस्पताल

कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचारत सुद्धोधन गाँउपालिका–१ का ७० वर्षे पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।  

अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार ती पुरुषलाइ मंगलबार मात्र कोरोना अस्पताल ल्याइएको थियो । उच्च रक्तचापको समस्या रहेका ती पुरुषलाइ मंसिर २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समय स्वास्थ्यमा सुधार नभएपछि उनलाइ हिजो कोरोना अस्पताल लगिएको परिवारले जनाएको छ । तर उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको गौतमले बताए ।

प्रकाशित: १५ पुस २०७७ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App