समाज

बेपत्ता भएकी महिलाको शव फेला

शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन्।

बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन्। स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन्। 

प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेपछि सङ्घीय एकाइ कार्यालय धरानबाट तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

प्रकाशित: ५ पुस २०७७ ०६:२८ आइतबार

महिलाको शव बेपत्ता