समाज

नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट ३ मै सीमित

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट तीनमै सीमित भएका छन्। 'बीबीसी वान' मा प्रशारित फाइनल राउन्डको पहिलो चरणको गिताबाट अघि बढ्दै उनी टप ३ मा पुगेका थिए। आफूले उपाधि जित्न नसकेपनि फाइनलसम्मको यात्रा तय गरि नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा खुसी लागेको सन्तोषले बताएका छन्।

बिहीबार राती भएको बीबीसी वान टेलिभिजनमा प्रसारित अन्तिम प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै उपाधि जित्न सफल बनेका छन्।

प्रकाशित: ३ पुस २०७७ ०२:४५ शुक्रबार