समाज

कोरोना संक्रमितको संख्या साढे दुई लाख नाघ्यो

पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना मुक्त हुनेको संख्या १९९६ रहेको छ। यस्तै १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

अहिलेसम्म नेपालमा संक्रमितको कुल संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको छ। दुई लाख ३८ हजार ५ सय ९६ जना कोरोना मुक्त भएका छन् भने १७ सय ३० जनाको मृत्यु भएको छ।

 

प्रकाशित: ३० मंसिर २०७७ ११:४० मंगलबार

कोरोना भाइरस