समाज

शिक्षकको घाँटी रेटेर हत्या

राजेन्द्रकुमार श्रेष्ठ

मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ।  

पाँच–सातजनाको अज्ञात समूहले मंगलबार बिहान श्रेष्ठलाई घरबाटै अपहरण गरी लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा लगी हत्या गरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको अपरहण भएको करिब एक घन्टापछि जंगलमा बन्दुकको ठूलो आवाज आएपछि गोली प्रहार गरिएको खबर स्थानीयले दिएको प्रहरीको भनाइ छ। श्रेष्ठको गोली प्रहारबाट नभई धारिलो हतियारले घाँटी रेटेर टाउकोमा लाठी प्रहार गरेर हत्या भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मेची–कोसी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै हत्याको जिम्मेवारी लिएको छ। विज्ञप्तिमा श्रेष्ठमाथि केही समयदेखि आफूविरुद्ध सुराकी गरेकोरसुरक्षाकर्मी बोलाई कारबाही गराएको आरोप पनि लगाइएको छ। यो घटनाले तत्कालीन माओवादी द्वन्द्वको समयमा लमजुङमा मुक्तिनाथ अधिकारीको हत्या भएको घटनाको झल्को दिएको छ। उतिबेला माओवादीले पनि अधिकारीलाई यसैगरी हत्या गरेका थिए।  

घटनास्थलमा करिब आठ घन्टापछि दिउँसो ३ बजेतिर मात्रै प्रहरी पुगेको थियो। त्यहाँ पुग्दा दुवै हात बाँधी उत्तानो परेकोरआधा भाग घाँटी रेटिएको तथा जमिनमा मडारिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो। घटनास्थलमा लाठी, श्रेष्ठले लगाउने टोपी, चप्पलरमोबाइल प्रहरीले फेला पारेको छ। ‘घटनास्थलमा मोरङ प्रहरीको टोली पुगिसकेको छ,’ प्रदेश १ का प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले भने, ‘मृतकको दुवै हात पछाडि बाँधेकोरघाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ। गोली चलेको आवाज सुनेका आधारमा गोली हानेर हत्या भएको जानकारी स्थानीयले दिए पनि मृतकको शवमा गोली प्रहार भएको देखिएन।’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरण गरी हत्या भएको सूचना आएको जानकारी दिए।  

‘दिउँसो प्रहरी पुगेर घटनाको अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘हामी विभिन्न समूह बनाएर सबैतिरबाट घटनास्थल पुगेका छौं। घटनामा संलग्नहरूको विशेष तरिकाबाट खोजी कार्य थालेकोरउनीहरू भागेर जान सक्ने सबै नाकामा प्रहरी परिचालन गरेका छौं।’

घटनास्थल पाँचथरको सीमामा रहेको हुँदा त्यसतर्फ भाग्न सक्ने भएकाले त्यहाँ पनि समन्वय गरेर नाकारअन्य स्थानमा विशेष निगरानीको व्यवस्था गरेको एसपी खड्काले बताए।  

२०४६ सालबाट शिक्षण पेसा सुरु गरेका श्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य हुन्। श्रेष्ठकी ५३ वर्षीया श्रीमती धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँसपानी दिनरकाम गर्न गएको अवस्थामा घटना भएको प्रहरीलाई बताएकी छन्। मृतक श्रेष्ठका ३० वर्षीय छोरा छत्रबहादुर मिक्लाजुङको मधुमल्लामा बस्छन् भने २८ वर्षीया छोरी पूजा श्रेष्ठको विवाह भइसकेको छ।  

‘१० वर्षे द्वन्द्वकालपछि भएको शान्ति सम्झौतापछि भूमिगत भएको पार्टीले मोरङमा पहिलोपटक सर्वसाधारणको हत्या गरेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘मिक्लाजुङको उत्तरी क्षेत्र विकट रहेकाले सहजै सबैको पहुँच नपुग्ने भएकाले पनि भूमिगत भएको नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो गतिविधि यहाँबाटै सञ्चालन गरिरहेको छ।’ त्यो क्षेत्र पाँचथर, इलामरमोरङको सीमा हो। पछिल्लो समय विप्लव समूहले आधार इलाका बनाएर बसेको सूचनाका आधारमा प्रहरी विशेष निगरानी बढाउँदै आएको थियो। प्रहरी स्रोतका अनुसार विप्लव समूहले त्यस क्षेत्रमा तालिमरअन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।  

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कवीन्द्रकुमार कार्कीका अनुसार प्रदेश १ बाट विभिन्न समयमा विप्लव समूहका २ सय ४ जना पक्राउ परेका छन्। ‘सरकारले २०७५ सालमा ‘विप्लव’ समूहलाई प्रतिबन्धित गरेपछि हालसम्म प्रदेशबाट २ सय ४ जनालाई पक्राउ गरी अदालतमा पेस गरेका छौं,’ प्रवक्ता डिएसपी कार्कीले भने, ‘पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई विभिन्न मुद्दामा अदालतको आदेशअनुसार हाल २९ जना कारागारमा कैदीबन्दी छन् भने सातजना अनुसन्धानका क्रममा थुनामा छन्। अन्य १ सय ६८ जनामध्ये कैयौंले कैद भुक्तानरकेहीले तत्कालै अदालतबाट भएको आदेशले कैदमुक्त भएका छन्।’ 

हालसम्म ‘विप्लव’ समूहका कार्यकर्ताका साथबाट पेस्तोल १२ थान, भरुवा बन्दुक पाँच थान, एसएलआर एक थान, राइफल एक थान तथा सकेट बमलगायत अन्य विभिन्न विस्फोटक पदार्थ बरामद गरेको डिएसपी कार्कीले बताए।

प्रकाशित: २४ मंसिर २०७७ ००:३७ बुधबार

शिक्षकको हत्या राजेन्द्रकुमार श्रेष्ठ