समाज

विप्लव समूहद्वारा मोरङमा शिक्षकको हत्या

मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ। मिक्लाजुङ गाउँपालिका १ मा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। ५४ वर्षिय शिक्षकको विप्लव नेतृत्वको नेकपाले हत्या गरेको प्रहरीले दावी गरेको छ।

उनको अपहरणपछि हत्या भएको हो। श्रेष्ठलाई विप्लव समूहले आफ्ना नेता कार्यकर्ताको सुराकी गरेको आरोप लगाएको छ।

 

 

प्रकाशित: २३ मंसिर २०७७ ०६:२७ मंगलबार

हत्या