समाज

वीपीमा सप्तरीका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमित एक व्यक्तिको निधन भएको छ।  

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा लक्ष्मीपुर ३ सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो। उनको सोमबार राती १० बजेर ५० मिनेटमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। मृतकलाई उच्च रक्तचापको समस्या भएको पनि उनले बताए।  

मृतकलाई मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७७ ०५:२५ मंगलबार

कोरोना संक्रमितको निधन