समाज

पछिल्लो २४ घण्टामा थपिए १ हजार १४ संक्रमित

पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको नमुना परीक्षण गर्दा १ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो पटक १६ सय २८ जना कोरोना मुक्त भएका छन्। यस्तै २० जनाको मृत्यु भएको छ।  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

 

 

 

प्रकाशित: २२ मंसिर २०७७ १०:५० सोमबार

कोरोना भाइरस