समाज

हुम्ला विमानस्थलमा आगलागी, प्रमुखकाे निवास नष्ट

हुम्ला विमानस्थल प्रमुखको निवास बिहीबार बिहान लागोको आगो निभाउँदै सुरक्षाकर्मी। तस्बिर : रासस

हुम्लाको सिमकोटस्थित विमानस्थलका कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ।  

बिहीबार बिहान ४ बजे लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।  

विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको प्रयासमा नियन्त्रणमा आएको उनले बताए।  

सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएको थियो। कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युतको तार सर्ट भई आगलागी भएको अनुमान गरिएको छ।  

अगालागीबाट ६ कोठे भवनका ३ कोठा जलेर नष्ट भएका छन् बाँकी ३ कोठामा आंशिक क्षति भएको विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताए।  

आगलागी सुरु भएको कोठामा रहेका कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री जलेर नष्ट भएका छन्। बाँकी कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ।  

भवनमा ५० प्रतिशत क्षति पुगेको छ। आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइँयाल घाइते भएका छन्।  रासस

प्रकाशित: १८ मंसिर २०७७ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App