समाज

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

बिरामी भई उपचारका लागि विराटनगरकै न्यूरो अस्पताल आउने क्रममा छोराले चलाएको मोटरसाइकलबाट खसेर विराटनगर–१५ कि ६० वर्षीय मनाकामना झाको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दारका अनुसार आमा बिरामी भएपछि छोराले मोटरसाइकलमा राखेर अस्पताल ल्याउने क्रममा खसेर घाइते भई उपचारका क्रममा सोमबार साँझमा मृत्यु भएको छ।  

२२ वर्षीय छोरा राजन झाले चलाएको को १२ प ३५६ नम्बरको मोटरसाइकलबाट महिला खसेकी थिइन् भने घटनाको थप अनुसन्धानका लागि प्रहरीले चालक छोरा र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पोद्दारले जानकारी दिए।  

प्रकाशित: १६ मंसिर २०७७ ०६:५० मंगलबार