समाज

जगदम्बा स्टील्सको भट्टी पड्किदा चार मजदुर घाइते

पाँच करोड भन्दा बढी क्षति

पड्किएपछि देखिएको फलाम पगाल्ने भट्टी ।

जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा रहेको जगदम्बा स्टील्स प्रालिमा शुक्रबार राती भट्टी पड्किदा चार जना मजदुर घाइते भएका छन्।

१० टन क्षमताको फलाम पगाल्ने भट्टी पड्किदा चार जना मजदुरहरु घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताएका छन्।

घाइते मध्ये सर्लाही सक्रोल गाउँपालिका-६ का बिकिन्द्र यादवको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि काठमाडौ कीर्तिपुर अस्पतालमा थप उपचारको लागि भर्ना गरिएको उनले बताए।  

यादवसँगै सर्लाही बरथवा नगरपालिका-५ का मुकेश साह, भारत मोतिहारीका नईमुदिन आलम र भारत शिवन ग्रामका जनकदेव यादव समेत घाइते भएका उनले बताए। तीन जना मजदुरहरु उपचारपछि निको भएको श्रेष्ठले बताए।

जगदम्बा स्टील्स प्रालिका सञ्चालक पवन गुप्ताले प्राविधिक गढबडी भई भट्टी पड्किएको बताए छन्। सुरक्षा मापदण्ड अपनाका कारणले कम क्षति भएको गुप्ताले बताए।

एक जना मजदुर बढी घाइते भए सँगसँगै उद्योगमा पाँच करोड जतिको क्षति भएको दावी गुप्ताले गरे।

प्रकाशित: १३ मंसिर २०७७ ११:१९ शनिबार

जगदम्बा स्टील्स