समाज

कटारीको सोक्लामा आगलागीबाट महिला घाइते

उदयपुरको कटारी नगरपालिका ५ सोक्लामा भएको आगलागीमा परी एक महिला घाइते भएकी छन् भने घरसहित बिभिन्न धनमाल नष्ट भएको छ। आगलागीबाट स्थानीय मोहन गिरीको घर जल्तुका साथै उनकी श्रीमती ३६ वर्षीया चन्द्रकुमारीको हात र खुट्टामा आगोले पोलेर घाइते भएकी हुन्।

विहान ८ बजे ग्यास लिक भएर लागेको आगोले गिरीको टिनको छानो भएको एक तले घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।  

घट्नास्थल पुगेको इप्रका कटारीको टोलीले स्थानीयको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएको छ। आगलागीबाट अन्दाजी ५ लाख बराबरको क्षति भएको प्रहरी सर्जमिनले देखाएको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०८:३१ शनिबार