समाज

बैतडीको दशरथचन्द नगरपालिका १० दिन बन्द गरिने

समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि बैतडीको दशरथचन्द नगरपालिका १० दिनको लागि लकडाउन गरिने तयारी भएको छ। शुक्रबार बसेको नगर कार्यपालिकाले मंसिर १३ देखि २२ गतेसम्म नगरक्षेत्र सिल गर्ने निर्णण गरेको नगरप्रवक्ता चक्रप्रसाद शर्माले बताए। अत्यावश्यक सेवाबोहक निजी सवारी साधन यातायात विद्यालय, बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

दैनिक खाद्यान्न, दूध, तरकारीका पसल भने बिहान ९ बजेदेखि ११ बजेसम्म खुला रहने छन्। बैंक, वित्तीय संस्थाको हकमा हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार खुला गरिने निर्णण गरेको छ।

कक्षा १२ को परीक्षाको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सम्पन्न गर्ने लगायत १४ वटा निर्णण कार्यपालिकाले गरेको छ। नगरपालिकामा रहेका सबै सरकारी, गैरसरकारी कार्यालय बन्द गर्नुका साथै सभासमारोह, भिडभाड, मन्दिरमा पूजाबोहक मेला जात्रा नगर्ने र रुघाखोकीको लक्षण देखिएका सबैको पिसिआर परीक्षण गर्ने नगरपालिकाले निर्णय गरेको नगर उपप्रमुख मीना चन्दले बताइन्।

प्रकाशित: १२ मंसिर २०७७ ११:१४ शुक्रबार