समाज

आगलागीबाट विस्थापित भएकालाई राहत

अग्नी पिडित परिवारलाई राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्बिर: नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ । मंसिर ६ गते भएको आगलागीबाट विस्थापित भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे साउनेडाँडाका गौरवबहादुर राईको परिवारलाई गाउँपालिकाले राहत स्वरुप ३० हजार सहयोग गरेको हो । अग्नी पिडित परिवारलाई सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । वडाध्यक्ष लोकेन्द्र राई, वडासदस्य अमृत गिरी लगायतको उपस्थितिमा अग्नी पिडितलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।  

गौरवबहादुर बृद्धावस्थाका आमासँग बस्दै आएका थिए । घरमा भएका नगद ६० हजार, अन्नपात लगायत जल्दा राई परिवारको करिब तीन लाखको क्षती भएको अनुमान गरिएको वडाध्यक्ष राईले बताए । घर जलेपछि गौरबहादुर चित्राले बारेको छाप्रामा बसिरहेका छन् । 

प्रकाशित: ८ मंसिर २०७७ १२:३४ सोमबार