३ सय ६८ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न आइसोलेनबाट शनिबार डिस्चार्ज हुँदा १ सय ३५ जना थपिएका छन्।
पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ३ सय ६५ र विराटनगरको न्यूरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ।
प्रदेशमा शनिबार १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ।
प्रदेशमा शनिबार ४ सय ७० जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८२ हजार ६ सय ७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ६ मंसिर २०७७ १३:४३ शनिबार