समाज

कोरोना संक्रमित एकको मृत्यु

उपचारका क्रममा एक कोरोना संक्रमित वृद्ध पुरुषको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको छ।

सुनसरीको इटहरी–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।  

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार ज्वरो आउने, श्वास फेर्न गाह्रो भएपछि उनी उपचारका लागि भर्ना भएका थिए। कात्तिक २७ गते पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएसँगै उनलाइ आइसोलेसन वर्डामा भर्ना गरिएको थियो। मृतक वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्यासमेत रहेको देवले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०७७ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App