समाज

६७३१ जनाको नमुना परीक्षण, १४४२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४ सय ४२ नयाँ कोरोना संक्रमित थपिएका छन्।  ६७३१ जनाको परीक्षणमा उक्त संक्रमण भेटिएको हो। स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ३५ सय ३८ जना कोरोना मुक्त भएका छन्। १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

अहिलेसम्म देशभर संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० छ। यस्तै मृतकको संख्या १२ सय ५९ पुगेको छ।

 

प्रकाशित: ३ मंसिर २०७७ १०:५२ बुधबार

कोरोना भाइरस