समाज

माइनस २ भन्दा पनि तल झर्‍याे जुम्लाको तापक्रम, काठमाडौंमा ६ डिग्री

फाइल तस्बिर : काठमाडौं

देशभर चिसो बढ्ने क्रम जारी छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँ आजको न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियसमा झरेको हो।  

यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि ६ डिग्री सेल्सियसमा झरेको महाशाखाको विवरणमा उल्लेख छ।  

महाशाखाले बुधबार बिहान ६ बजे ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा लेखिएको छ– देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराई भूभागमा बिहान पारदर्शितामा कमी (हुस्सुले नदेख्ने) भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

प्रकाशित: ३ मंसिर २०७७ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App