समाज

प्रदेश १ मा ७ सय ३६ डिस्चार्ज, ३ सय ६४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआइसोलेसनका हुन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् ।  

प्रदेशमा शुक्रबार३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४२, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्बुमा ३–३, संखुवासभा र धनकुटामा २–२, ओखलढुं्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरङको सुन्दरहरैँचामा १५, उर्लाबारीमा ९, कटहरी र रंगेलीमा ५–५, लेटाङ, कानेपोखरी र सुनबर्षीमा ३–३, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा ९, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज, दुहबी र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा ६, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, मेचीनगरमा ४, अर्जुनधारा र भद्रपुरमा २–२, बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १–१, उदयपुरको त्रियुगा र कटारीमा २–२, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, तेह्रथुमको म्याङ्लुङमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाममा १–१, पाँचथरको मिक्लाजुङमा ३, सोलुखुम्बुको सोलुदूधकुण्डमा ३, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, ओखलढुंगा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ ।  

प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३ सय ५४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७७ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App