समाज

ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो।  

लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए। खाली ट्याक्टर तराईबाट दार्चुलातिर जान लागेको बुझिएको छ।

प्रकाशित: २८ कार्तिक २०७७ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App