समाज

काठमाडौं उपत्यकामा थपिए १४ सय २० संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन्। मंगलबार देशभर २७ सय ३६ संक्रमित थपिएका छन्।  

 

प्रकाशित: २५ कार्तिक २०७७ ११:०९ मंगलबार

कोरोना भाइरस काठमाडौं उपत्यका