समाज

कोरोनाका कारण सल्यानका दुईजनाको मृत्यु

कोरोना भाइरसका कारण कर्णालीका थप दुईजनाको मृत्यु भएको छ। सल्यानको शारदा नगरपालिका–१, का ६७ वर्षीया पुरुष र छत्रेश्वरी गाउँपालिका–७, घर भइ हाल श्रीनगरमा व्यवसाय गर्दै आएका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो।

६७ वर्षीय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कोरोना परीक्षण गरिएको थियो। ‘कोरोना संक्रमण पुष्टि भएपछि उहाँ (मृतक) छोरीको घरमा बस्नु भएको थियो,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन लिखाराम पुनले भने, ‘उहाँको होम आइसोलेसनमै मृत्यु भयो।’ मृतक टाइफाइटको बिरामीसमेत थिए।  

त्यस्तै ६१ वर्षीय पुरुषको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। उनी सुगर र प्रेसरको बिरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ओम शर्माले जानकारी दिए। मेडिकल कलेज कोहलपुर बाँकेमा उपचाररथ उनको शनिबार बिहान मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन पुनका अनुसार ६१ वर्षीय मृतकका छोरा पनि कोरोना संक्रमति छन्। कोरोना संक्रमित उनको उपचार भइरहेको पुनले बनाए।

आइतबारदेखि २९ गतेसम्म उक्त वडा सिल गरिएको प्रहरीले जनाएको छ। हाल कर्णलीमा ६ हजार एक सय ७५ जनामा कोरोना भाइरस देखिएको छ।

प्रकाशित: २३ कार्तिक २०७७ ११:३५ आइतबार

कोरोना मृत्यु