समाज

२८ सय १७ कोरोना संक्रमित थपिँदा २८ सय १२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार जारी तथ्यांक अनुसार देशभर विभिन्न ठाउँमा पिसिआर परीक्षण गर्दा २४ घण्टामा २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्।

यो सँगै हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ।

प्रकाशित: २३ कार्तिक २०७७ १०:३९ आइतबार

कोरोना संक्रमित