समाज

वीपीमा धनकुटाका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज धनकुटाका एक जना कोरोना संक्रमित वृद्धको निधन भएको छ।

धनकुटाको पाख्रीबास ३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको हो। कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्धलाई हिजो २२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए।  

उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७७ ०९:५० आइतबार

कोरोना संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान