समाज

कांग्रेसका थप छ केन्द्रीय सदस्यमा कोरोना संक्रमण

नेपाली कांग्रेसका थप छ केन्द्रीय सदस्य कोरोना संक्रमित भएका छन्। पार्टी केन्द्रीय समितिको बैठकका लागि बिहीबार गरिएको ८१ जनाको कोरोना परिक्षणमा छ केन्द्रीय सदस्यसहित आठ जनामा संक्रमण पुष्टी भएको हो।  

संक्रमित हुनेमा राष्ट्रियसभा संसदीय दलका पूर्व नेतासमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेसहित श्यामकुमार घिमिरे, किरण यादव, कृष्णकिशोर घिमिरे, सुजाता परियार, मोहमद सिद्धिकी छन्। पार्टी पूर्वमहामन्त्रीको सुरक्षामा संलग्न सशस्त्र प्रहरीका दुई जनामा पनि संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।  

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य मीन विक, फर्मुल्ला मन्सुरलाई पनि संक्रमण देखिएको छ। विक र मन्सुरको हाल उपचार भइरहेको छ। यसअघि असोजमा केन्द्रीय समिति बैठक बस्नका लागि गरिएको परिक्षणमा पनि अजुर्ननरसिंह केसीसहित ६ जना केन्द्रीय सदस्यमा संक्रमण देखिएपछि बैठक स्थगित गरिएको थियो।

कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय समिति बैठक आन्तरिक सहमति निर्माण हुन नसक्दा कार्तिक २४ गतेका लागि सारेको छ। 

प्रकाशित: २१ कार्तिक २०७७ ०४:५९ शुक्रबार

कोरोना संक्रमण नेपाली कांग्रेस केन्द्रीय सदस्य