समाज

स्थानीय तहलाई दिन तोकेर सेवा प्रवाह

जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार फरक–फरक दिन सेवा प्रवाह गर्न थालेको छ। कोरोना माहामारीका कारण कर्मचारीमा संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालय परिषरमा सेवाग्राहीको भिड बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार दिन तोकेर सेवा प्रवाह गर्न थालेको हो।  

जिल्ला प्रशासन कर्याालयका अनुसार आइतबार सुन्दर हरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकाका सेवाग्राहीलाई मात्रै सेवा प्रदान गरिने छ। यस्तै सोमबार विराटनगर वडा नम्बर १ देखि ९ सम्म, मंगलबार बेलबारी नगरपालिका र केरावारी गाउँपालिकाका सेवाग्राहीलाई मात्रै सेवा प्रदान गरिने छ। यस्तै बुधबार बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, बिहीबार विराटनगरको वडा नम्बर १० देखि १९ सम्म, शुक्रबार जहदा गाउँपालिका र धनपालथान गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गरिनेछ। मुद्धा सम्बन्धी, ठाडो उजुरी, सूचिमा नपरेका स्थानीय तहहरूको संघसंस्था दर्ता, नविकरणलगायतका काम भने सबैदिन गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।    

जिल्ला प्रशासन कर्यालय मोरङले मोरङका ९ वटा स्थानीय तहलाई सेवा प्रवाह गर्दछ। जिल्लाका अन्य स्थानीय तहहरूलाई इलाका प्रशासन कार्यालयहरूले सेवा प्रवाह गर्दै आएका छन्।

प्रकाशित: १९ कार्तिक २०७७ ०९:४४ बुधबार

स्थानीय तह सेवा प्रवाह