समाज

कोरोना लागेर गाडेको शव पाँच महिनापछि झिकेर दाहसंस्कार

अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका एक जनाको शव गाडेको ५ महिनापछि उत्खनन गरेर दाहसंस्कार गरिएको छ।

मालारानी गाउँपालिका वडा नम्बर–४, खनका ५७ वर्षीय यमप्रसाद खनालको गत २०७७ जेठ २७ गते बुटवलबाट उपचार गरेर फर्कने क्रममा पत्थरकोटमा मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।

उनको शव करीब ५ महिनापछि उत्खनन गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए।

मृत्युपछि परिवारले परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन्। कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो।  

अहिले ५ महिनापछि शव उत्खनन गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको स्थानिय प्रकाश खनालले जानकारी दिए। कोरोना पुष्टि भएर गाडिएको शव निकालेर जलाईएपछि यस्को विरोध पनि भएको छ।  

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेलले यो आस्थासंग जोडिएको विषय भएको बताए। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै प्रजिअ पौडेलले अहिले पाँच महिनापछि कोरोना संक्रमणको जोखिम नरहेको तर अन्य कुनै रोगव्यादी लाग्न सक्ने बताए।

प्रकाशित: १८ कार्तिक २०७७ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App