समाज

प्रदेश १ मा ४ सय ४९ जना डिस्चार्ज, २ सय ५९ संक्रमित थपिए

४ सय ४९ जना डिस्चार्ज भइरहँदा प्रदेश १ मा सोमबार २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुंगामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोसी गाउँपालिकामा ११, दुहबी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैँचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

उता झापाको विर्तामोडमा १४,  दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर, गौरीगञ्ज, बाह्रदशी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सूर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुंगाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ९१ पुगेको छ।

प्रदेशमा ४ सय ४९ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ४ सय १५, मेची अस्पतालबाट २, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १७, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एसियाटिक आइसोलेसनबाट १–१, इटहरी आइसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन्। हालसम्म ११ हजार ५ सय ४७ जना डिस्चार्ज भएका छन्।

प्रदेशमा सोमबार १ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ९९ महिला र १ सय ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६२ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७७ १२:३६ सोमबार

कोरोना संक्रमित