समाज

अवैध समान बरामद

भन्सार छलेर ल्याएको समान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छली ल्याएको करिब एक लाख रुपैयाँ मूल्य बराबरको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ।  

शनिबार जिल्ला सदरमुकामको गोठलापनी बजारमा सुपप्र ००१ ज १२३१ नम्बरको जिपमा लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा ६ पेटी सलाई, ७ बोरा चप्पल र २ वटा टायर बरामद गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। जिपसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७७ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App