समाज

ट्याक्टर दुर्घटना हुँंदा एक जनाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर शनिबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ। खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउदा अनियन्त्रित भई पल्टिई दुर्घटना हुँदा ट्याक्टर चालक भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ८ दार्जिलिङ हाईट बस्ने बर्ष ५० को कृष्णराम सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

चालक सुवाल सोही ट्याक्टर सहित पल्टदै जाँदा सोही ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेको देखिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जानकारी दिए। घाइते सुवाललाई उपचारको लागी मध्यपुर अस्पतालमा पु¥याई उपचार हुँदाहुदै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: १५ कार्तिक २०७७ ०६:१९ शनिबार