समाज

दुर्घटनामा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ।

छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। 

डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो। जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ।

प्रकाशित: १५ कार्तिक २०७७ ०४:५७ शनिबार

दुर्घटना मृत्यु