समाज

कोरोनाबाट सिरहामा एक पुरूषको मृत्यु

कोरोना संक्रमणबाट सिरहामा बिहीबार एक पुरूषको मृत्यु भएको छ। सुखीपुर नगरपालिका -८ का ७० वर्षीय पुरूषको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मृतकको शव कोभिड प्रोटोकोल अनुसार बिहीबार सुखिपुर नगरपालिकामा व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए।

ज्वरो र रुघाखोकीबाट थलिएपछि  सास फेर्न गाह्रो  वृद्धलाई  कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको यादवले बताए। सोही दिन स्वाब संकलन गरिएकोमा कात्तिक ४ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालको  आइसोलेसनमा राखेर उपचार भैरहेको थियो। बिहीबार उपचारकै क्रममा मृत्यु भएका वृद्ध  मुटु तथा दमका रोगी रहेको स्वास्थ्य प्रमुख यादवले बताए। यससँगै सिरहामा कोरोना संक्रमण मृत्यु हुनेको संख्या १७ पुगेको छ। प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १६७ पुगेको छ।

 

 

प्रकाशित: १३ कार्तिक २०७७ १४:०३ बिहीबार

कोरोना भाइरस कोरोनाबाट मृत्यु