समाज

काठमाडौं उपत्यकामा थपिए १६ सय १५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जनामा कोरोना पुष्टि भएको हो।  

काठमाडौंमा हालसम्म ५९ हजार २३४ जना, ललितपुरमा ८३५० जना र भक्तपुरमा ५५१९ जना संक्रमित भएका छन्।  

 

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ११:४३ बिहीबार

कोरोना भाइरस काठमाडौै उपत्यका