समाज

पछिल्लो २४ घण्टामा थपिए २३ सय ६४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर गर्दा उक्त संक्रमण पुष्टि भएको हो। जसमा १३८० पुरुष र ९८४ महिला रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना मुक्त भएका छन्।

यो सँगै कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।  

 

 

प्रकाशित: १३ कार्तिक २०७७ १०:५४ बिहीबार

कोरोना भाइरस