समाज

अब दैनिकरुपमा कोभिड -१९ प्रेस ब्रिफिङ नहुने

 दैनिकरुपमा हुँदै आएको कोभिड -१९ को प्रेस ब्रिफिङ नहुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातामा दुई दिन मात्र प्रेस ब्रिफिङ गरिने बताए। दसैंमा केही दिन रोकिएको ब्रिफिङ आज भएको थियो।  

डा. गौतमका अनुसार अब आइतबार र बुधबार मात्र कोभिड- १९ को प्रेस ब्रिफिङ हुने छ। तर समाजिक संजाल, मन्त्रालयको वेबसाइट, भइबर ग्रुपबाट भने अपडेट जारी राखिने छ। वेबसाइटमा दैनिक ४:३० बजे अपडेट दिइने उनले बताए।

 

 

प्रकाशित: १२ कार्तिक २०७७ ११:०५ बुधबार

कोरोना भाइरस