समाज

कोरोनाबाट विराटनगरमा दुईजनाको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान  २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीया महिला छिन्।  

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो। मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए। इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो। उनको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको नोवेल मेडिकल कलेज विराटनगरले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७७ ०९:५३ शनिबार