समाज

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको घलातें चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।  

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ५ घलाते चोकमा जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६५ प ८८२९ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बीचमा रहेको ट्राफिक आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक  रौतहट बिजयपुर नगरपालिका ८ लक्ष्मिनिया बस्ने वर्ष ३० को शंकरप्रसाद कलवारको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

घटनाबारे जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जे भक्तपुरबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते कलवारलाई उपचारको लागि नजिकैको डा.ईवामुरा अस्पताल सल्लाघारी लगेकोमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौ रिफर गरिएकोमा शुक्रबार उपचारको क्रममा सम्बन्धित चिकित्सकले मृत घोषित गरिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उनले जनाए।

 

 

 

प्रकाशित: ७ कार्तिक २०७७ १४:१५ शुक्रबार

दुर्घटना