समाज

प्रदेश १ का आन्तरिक मामिला मन्त्री कार्कीलाई कोरोना

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिम्कमतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ। कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाव परीक्षण गराएका कार्कीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो।  

कार्कीले फेसवुक स्टाटसमार्फत  आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफूसँग सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह पनि गरेका छन्।  

 

 

प्रकाशित: ७ कार्तिक २०७७ १३:०६ शुक्रबार

कोरोना भाइरस