समाज

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान सुनसरीको धरानका १ र मोरङको बेलबारीका १ जनाको मृत्यु भएको हो।  

मृत्यु हुनेमा  उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुष रहेको नोवेल मेडिकल कलेज विराटनगरले जनाएको छ। शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको र शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

 

प्रकाशित: ७ कार्तिक २०७७ १२:५८ शुक्रबार

कोरोना भाइरस कोरोनाबाट मृत्यु