समाज

प्रदेश १ मा ३ सय ३२ जना कोरोना संक्रमित थपिए, ४ सय ६५ डिस्चार्ज

कोरोना भाइरस संक्रमित ४ सय ६५ जना डिस्चार्ज हुँदा प्रदेश १ मा सोमबार ३ सय ३२ जना संक्रमित थपिएका छन्। प्रदेशको मोरङमा १ सय ४४, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १ सय जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन्। मोरङको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैँचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

उता उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ८८ पुगेको छ।  

प्रदेशमा ४ सय ६५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज भएकामा होम आइसोलेसनबाट ४ सय ५५, विराट मेडिकल कलेजबाट ७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ।

प्रदेशमा सोमबार १ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएको मध्ये १ सय ३२ महिला र २ सय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ४७ हजार ९ सय ९४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ३ कार्तिक २०७७ १३:१४ सोमबार