समाज

बाढी–पहिरो पीडितलाई खाद्यन्न सामग्री वितरण

यूएनडिपिको आर्थिक सहयोग तथा माहालक्ष्मी नगरपालिका र पर्डेप नेपाल धनकुटाको व्यवस्थापनमा माहालक्ष्मी नगरपालिकाको बाढी– पहिरोबाट क्षेति भएका ३७ घर लाई खाद्यन्न राहत समाग्री वितरण गरेको छ। वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार ५०–५० केजि चामल , ५–५ केजी  दाल , ४–४ लिटर तेल ,३–३ केजी चिनी र २– २ केजी केजि नून वितरण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताए।

 माहालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले नगर भित्र यस वर्षको बाढी–पहिरोले पूर्णरुपमा क्षेति पुराएका उच्च जोखिम युक्त ३७ घर परिवारलाई  यूएनडिपि  र  पर्डेप नेपाल संग समन्वय गरेर राहत वितरण गरेको बताए। यस वर्ष माहालक्ष्मी नगरपालिकाको वडा नं १ मा ८ घर ,वडा नं २ मा ३ घर ,वडा नं ५ मा ७ घर ,वडा नं ४ मा ३ घर ,वडा नं ६ मा ५ घर ,वडा नं ७ मा ७ घर वडा नं ८ मा १ घर र ९ नम्वर वडामा ३ घर गरी जम्मा ३७ घर पूर्ण रुपमा क्षेति तथा उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ।  

नगरको वडा नं १ का लिल बहादुर खड्काको वर्षातका कारण घर मुनिबाट पहिरो जादा थर्केर घर चर्किएर बस्न नमिल्ने भएपछि भान्साघर पालिमा बसोबास गर्दै आइरहेको पिडा सुनाए। उनले दसैंको बेलामा राहातले केहि कर्जाे टर्ने बताए।  साथै  खाद्यन्न राहत मात्र होइन सरकारले घर बनाउन सहयोग गरिदिए घर बनाएर बस्थे भन्दै घर बनाउनको लागि सहयोग माग गरेका छन्।  

त्यस्तै गरी अर्का राहत लिन आएका वडा नं ८ का अगमाया लुङगेली मगरको पनि उस्तै पिडा रहेको छ उन्को पनि घरकको एकपट्टि भाग चर्के र बरण्डा भत्किन लागेको बताईन्।  

त्यस्तै वडा नं १ का राजन कट्टुवालको पनि वर्षातको पानीले गर्दा  घरको जग भन्दा करिब दुइमिटर तलतिर वारी भत्केर घर नै जोखिममा परेको बताए। घर मुनीको बारी भत्केका कारण घर ढल्केर धाजा धाजा फाटेर बस्न नमिल्ने भएको बताए। घर भत्केको बेला दशैको समयमा राहत पाउदा ठूलो सहुलियत मिलेको बताएका छन्।  

प्रकाशित: ३ कार्तिक २०७७ ०७:०८ सोमबार